AsalKhabar

Always Refresh

जताततै कोरोनाकै त्रास : तातोपानी कुण्डमा पनि आउनै छाडे बिरामी

1 min read

म्याग्दी : प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउने बिरामीहरू विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण आउन छोडेपछि तातोपानी कुण्ड सुनसान बनेको छ।

दैनिक ८ सय देखि १ हजार जनाको हाराहारीमा बिरामी तथा सर्वसाधारणले तातोपानी कुण्डमा डुबेर उपचार गराउँदै आएकोमा विगत १५ दिन यता विरामी तथा सर्बसाधारण आउन छोडेपछि तातोपानी कुण्ड सुनसान बन्दै गएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले बताए।

तातोपानी कुण्डमा वर्षभरि सबैभन्दा धेरै बिरामी फागुन र चैत महिनामा आउने गरेको भए पनि पछिल्ला केही दिनयता बिरामीको संख्यामा कमी आएको सहसचिव केसीले भनाइ रहेको छ। कोरोनाकै त्रास कुण्डमा बिरामीको चाप घट्नुको प्रमुख कारण कोरोना भाइरसको त्रास नै भएको पनि केसीले बताए।

उनले स्नान गर्न आउने बिरामीलाई मास्‍कसहित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। धमाधम बिरामीलाई लक्षित गरी मुख्य कुण्डबाहेक पनि बाहिरपट्टी नयाँ पोखरी निर्माणसँगै महिला पुरुषले छुट्टाछुट्टै स्नान गर्ने सुविधा बनाइएको छ। कुण्डले रुघाखोकी लागेका बिरामीलाई आवश्यकता परेमा छुटै कुण्डको व्‍यवस्थासमेत मिलाएको छ।

विगतमा एक दिनमा आठसय बढी बिरामी र सर्वसाधारणको भीड रहने तातोपानीमा अहिले मुस्किलले ५० जना बिरामीहरूसमेत नआएका तातोपानी कुण्डकी कर्मचारी मेखी खत्रीको भनाइ छ। तातोपानीको मुख्य कुण्डभन्दा बाहिरपट्टी धारा नजिकै दुईवटा पोखरी निर्माण गरिएकाले रुघाखोकी लागेकालाई त्यहाँसमेत राखेर स्नान गर्ने व्‍यवस्था मिलाउने बताइएको छ।

जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आकर्षित गरेको छ। यसैबीच, कुण्डमा स्नान गर्न आउने बिरामीलाई कोरोना भाइरससम्बन्धी जानकारी दिने, कुण्डमा सकेसम्म नछोई बस्ने, रुघाखोकी लागेकालाई सतर्कता अपनाउन, नियमित रुघाखोकी लागेमा तत्कालै उपचारका लागि अस्पताल जानसमेत अनुरोध गरिएको छ।

नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्‍यवस्थापन समितिको भ्रमणको रोजाइमा समेत परेको म्याग्दीको तातोापनी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो। स्थानीयले विहान बेलुकी स्नान गृहको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ। वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेका हुन्।

बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुबिधायुक्त तरिकाले घण्टौ सम्म स्नान गर्न सकिने सुबिधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए। कुण्डमा नेपालका भिआइपीसमेत पुगेर स्नान गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2020 All rights reserved - Asal Sathi Media Pvt.Ltd. | Desigin By Nabeen Chhetri.