AsalKhabar

Always Refresh

राष्ट्रिय सभा अध्यक्षले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई दिए एक महिनाको तलब

1 min read

सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’लाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि रकम जम्मा गर्न कोष स्थापना गरेको थियो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सोमबारकोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने घोषणा गरेका हुन्। उनले संघीय संसद सचिवालयलाई आफ्‍नो एक महिना बराबरको रकम कोषमा जम्मा गर्न पत्र लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2020 All rights reserved - Asal Sathi Media Pvt.Ltd. | Desigin By Nabeen Chhetri.